सेयर बजारमा हरियाली, ८ कम्पनीको मूल्यमा सकारात्मक सर्किट
२९ पुस, काठमाडाैँ। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरीयाली छाएकाे छ । यो समाचार तयार पार्दा (१.८ बजे) सम्म नेप्से परिसूचक २४.८८ अंकले बढेर २११३.८८ को बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म माहिमालयन पावर पार्टनर,मध्यभोटे कोशी,त्रिशुली जलविद्युत,मुक्तिनाथ कृषि कम्पनी,नेपाल वेयर हाउजिङ,हिमालयन रिइन्स्योरेन्स,डोल्टी पावर र पिपुल्स पवारको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

प्रकाशित मिति : २९ पुष २०८०, आईतवार १३:०९












