७ जेष्ठ २०८३, बिहिबार | Fri May 22 2026

दुई लघुवित्त र एक इन्स्योरेन्सले लाभांश वितरण नगर्ने, सेयरधनीको हात खाली

२९ पुस, काठमाडाैँ । विभिन्न तीन कम्पनीहरूले सेयरधनीका लागि लाभांश वितरण नगर्ने भएका छन् । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेका हुन् ।

निर्धन उत्थान लघुवित्तको पुस २६ गते बसेको  सञ्चालक समितिका बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । त्यस्तै, पुस २८ गते बसेको कालिका लघुवित्तको सञ्चालक समितिको बैठकले पनि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै, पुस २९ गते बसेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। याे निर्णयसँगै उक्त आर्थिक वर्षमा सेयरधनीहरुकाे हात खाली हुने भएकाे हाे ।

प्रकाशित मिति : January 14, 2024 at 11:15 am