२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

मध्यारातमा भूकम्पको धक्का

२८ पुस, चैनपुर  । बझाङमा मध्यरातमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा भूकम्पको गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्प गइरहेको छ । सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा आएर फेरि घर फर्किएका छन् ।

प्रकाशित मिति : २८ पुष २०८०, शनिबार ०७:०५