२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसमा राप्रपाको जलपान

२७ पुस, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज यहाँ चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष कमल थापासहितका पार्टी पदाधिकारीले आमन्त्रित पाहुनालाई स्वागत अभिवादन गरे ।

कार्यक्रममा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, मन्त्रिहरु, मन्त्रिपरिषद्का पूर्वध्यक्ष, विभिन्न राजनीति दलका नेता तथा कार्यकर्ता, पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, उद्योगी, व्यपारी, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्ति र सर्वसाधारणको उपस्थिति थियो ।

राप्रपा नेपालले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रत्येक वर्ष पुस २७ गते चियापान कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : January 12, 2024 at 3:46 pm