२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

नेप्सेमा ३ अर्ब ९८ करोड बराबरको बोनस सेयर सूचीकृत

२७ पुस, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा  रु.४४ अर्ब ६५ करोड बराबरको साधारण सेयर, रु.६ अर्ब १० करोड बराबरको हकप्रद सेयर, रु.३ अर्ब ९८ करोड बराबरको बोनस सेयर र रु.३ करोड बराबरको एफपीओ गरी कुल
रु.५४ अर्ब ७६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

मंसिर मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ८९ जलविद्युत्कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ५ अन्य समूहका रहेका छन्। २

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६२.३ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १३.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.० प्रतिशत, होटेलको हिस्सा ३.२ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : January 12, 2024 at 10:43 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/