८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

अन्तिम कारोबारको दिन नेप्सेमा झिनो गिरावट, ७ कम्पनीको सेयरमा सकारात्मक सर्किट

२६ पुस, काठमाडाैँ । अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजार झिनाे अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.६२ अकंले घटेर २०८८.९९ बिन्दुमा बन्द भएको छ । आज ३०७ कम्पनीको २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ ।

 आज सात कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रापावर, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र हिमालयन रि को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

प्रकाशित मिति : २६ पुष २०८०, बिहीबार १५:१३