२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

एक हजार दरको पाँच थान नक्कली नोटसहित माछापोखरीबाट मनीषा पक्राउ


२६ पुस, काठमाडाैँ । माछापोखरीबाट नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु माछापोखरी चोकबाट एक हजार दरको पाँच थान नक्कली नोटसहित तारकेश्वर नगरपालिका–५ लोलाङ्ग बस्ने काभ्रे नमोबुद्ध नगरपालका–१० घर भएकी २५ वर्षीया मनीषा न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त चोकस्थित मेडिकलमा औषधी खरिद गर्ने क्रममा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २६ पुष २०८०, बिहीबार १४:३६