१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

क्यानले गर्यो सन्दीप लामिछानेलाई निलम्बन

२६ पुस, काठमाडाैँ । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो । बिहीबार विज्ञप्ति निकालेर क्यानले  लामिछानेलाई निलम्बन गरेको जनाएकाे हाे ।

‘राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गरिएको र सम्मानित अदालतको आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौं ।’ क्यानले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : January 11, 2024 at 11:47 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/