सेयर बजारमा निरन्तर सुधार, पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट
२५ पुस, काठमाडाैं । साताको चौथो दिन समेत बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.५० अकंले बढेर २०८९.६२ बिन्दुमा बन्द भएको छ । आज ३०१ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ ।
आज विकास बैंक समूह शून्य दशमलव ४४, वित्त शून्य दशमलव १०, होटल तथा पर्यटन समूह शून्य दशमलव ८४ र जलविद्युत् समूह शून्य दशमलव ५० प्रतिशतले घटेको छ । त्यस्तै लगानी समूह शून्य दशमलव ६३, जीवन बीमा समूह शून्य दशमलव २५ र निर्जीवन बीमा समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ । अरु समूहको उपसूचक भने बढेको छ । बैंकिङ र उत्पादन तथा प्रशोधन समूह समान एक दशमलव १२, लघुवित्त समूह एक दशमलव ०२, म्युचुअल फन्ड समूह शून्य दशमलव ०३, व्यापार समूह शून्य दशमलव ०१ र अन्य समूह दुई दशमलव २१ प्रतिशतले बढेको छ ।
बुधबार मनकामना स्मार्ट लघुवित्त, हिमालयन रि इन्स्योरेन्स, मुक्तिनाथ कृषि कम्पनी, नेपाल हाउजिङ्ग र न्यादी ग्रुपको सेयरमा सकारात्मक सर्किट लागेको छ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी घटेकाे छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयर काराेबार भएकाे छ ।

प्रकाशित मिति : २५ पुष २०८०, बुधबार १५:२४












