५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

अवैध ४७ किलो चाँदीसहित तीन जना पक्राउ


२४ पुस, काठमाडौं । काठमाडौँ महानगरपालिका-२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानबाट ४७ किलो अवैध चाँदीका विभिन्न गरगहनासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा कैलया नगरपालिका-१० का ५० वर्षीय कामेश्वर साह, पर्सा वीरगञ्ज महानगरपालिका-३ का ३२ वर्षीय सुमनकुमार सर्राफ र बारा बिश्रामपुर गाउँपालिका-५ का २० वर्षीय मनीष सर्राफ रहेका छन् ।

भोटेबहाल, कोटेश्वर लगायत विभिन्न ठाउँमा राजश्व छलि बिल–बिजक बिना चाँदीका गरगहना भण्डार गरी बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा उनीहरुको संलग्नता देखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई राजस्व छली सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार १७:२३