१० जेष्ठ २०८१, बिहीबार | Thu May 23 2024

सार्वजनिक यातायातमा सवार यात्रीको पाकेटमार्ने दुई जना पक्राउ


२४ पुस, काठमाडाैँ , काठमाडौँ महाराजगञ्ज चोकस्थित सार्वजनिक यातायातमा सवार यात्रीको नगद रु १८ हजार पाकेटमारी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भई काठमाडौँ पेप्सिकोला बस्ने ३५ वर्षीय क्रासाङ लामा र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई काठमाडौँ टोखा बस्ने ३५ वर्षीय विष्णु थापा रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार १७:०७