११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मंगलबार सोनापुर र निफ्रामा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

२४ पुस, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.२९ अकंले बढेर २०७९.७९ बिन्दुमा बन्द भएको छ । आज ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । कम्पनीको यस दिन २१ करोड १६ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल इन्फ्रास्टक्चर बैंकको १९ करोड ६५ लाख ३ हजार हजार रुपैयाँ, सोल्टी होटलको १७ करोड ४८ लाख ०१ हजार रुपैयाँ, माउन्टेन इनर्जीको १२ करोड १३ लाख ४२ हजार रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ११ लाख ३९ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : January 9, 2024 at 3:20 pm