८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

सेयर बजारमा उकालो यात्रा कायमै, ६ अर्ब ११ करोडको कारोबार

२४ पुस, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.२९ अकंले बढेर २०७९.७९ बिन्दुमा बन्द भएको छ । आज ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा हरियाली छाउँदा आज सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । कम्पनीको यस दिन २१ करोड १६ लाख ८२ हजार रुपैया बराबरको कारोबार भएको छ । आज आठ कम्पनीको सेयरमूल्यमा १० प्रतिशतले बढेको छ । त्यस्तै, आज तीन कम्पनीको सेयरमूल्यमा ९ प्रतिशतको वृद्धि भएको छ । धौलागिरी लघुवित्त वित्रीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार १५:१५