१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

बोनस सेयर पारित गर्न घोराही सिमेन्टको कहिले बस्दैछ साधारणसभा ?

२४ पुस, काठमाडाैं ।  लाभांश प्रस्ताव पारित गर्न घोराही सिमेन्टकाे पुस २८ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, होटल पौवा दाङ, घोराही उप महानगरपालिका वडा नं १५ मा बिहान ९ बजे सुरु हुनेछ ।

सभाले हाल कामय चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। उक्त बोनस सेयर वितरण गर्दा हुन आउने खन्डित सेयरलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव पनि सभाले पारित गरिने एजेण्डा छ। साथै, सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ ।

प्रकाशित मिति : January 9, 2024 at 10:27 am