२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

पर्यटनको अन्वेषण र प्रवर्द्धन गर्न विगु गाउँपालिका र टानबीच सम्झौता


२३ पुस, काठमाडाैँ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) र दोलखाको विगु गाउँपालिकाको बीचमा पर्यटनको अन्वेषण, योजना, विकास र प्रवर्द्धन गर्ने विषयमा सहकार्य गर्ने गरी सहमति भएको छ । आइतबार गाउँपालिकाका अध्यक्ष सञ्जीव ओली र टानका कार्यवाहक अध्यक्ष कृष्ण पीडी दाहालले सम्झाैतामा हस्ताक्षर गरेका छन । उक्त समारोहमा नाट्टाका पूर्व अध्यक्ष समेत रहेका वरिष्ठ पर्यटन व्यवसायी सिएन पाण्डे, टानका उपाध्यक्ष प्रदीप पण्डित महासचिव विनोद सापकोटा लगायत उपस्थित रहेका थिए ।

सम्झाैतापछि टानले गाउँपालिका र वरपरका क्षेत्रहरु आकर्षक नयाँ पर्यटकीय गन्तव्यहरूको खोजी गर्नेछ । सम्झाैताले विगुको प्रकृति र संस्कृतिको अन्वेषण, योजना, विकास र प्रवर्द्धनमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष ओलीले बताएका छन । टान र पालिकाको सहरकार्यमा  नयाँ पदमार्ग, चुचुरा र अन्य पर्यटनको पहिचान, डिजाइन र विकास गर्ने काम हुनेछ । सम्झाैता तल हेर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १७:१३