सेयर बजारमा उच्च अकंको सुधार, ४ अर्ब ६७ करोडको कारोबार
२३ पुस, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । लगातार दुई दिन राताम्य भएको बजार आज दोहोरो अकंको सुधार आएकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.५७ अकंले बढेर २०५९.४९ बिन्दुमा बन्द भएको हो । सोमबार ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ ।
आज १२ उपसूचकमा हरियाली आएको छ । यस दिन सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको २१ करोड ८४ लाख ८२ हजार रुपैया बराबरको कारोबार भएको छ ।
प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १५:०९












