२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

नुवाकोट बेलकोटगढीका ज्ञानबहादुर तामाङको भीरबाट लडेर मृत्यु

२३ पुस, नुवाकोट । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर ११ का ज्ञानबहादु तामाङको भीरबाट लडेर मृत्यु भएको छ । माथिल्लो अमारेको ढाँडखर्क बस्ने ज्ञानबहादुर आइतबार राति ८ बजे भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले दैनिकीलाई जानकारी दिए ।

घरदेखि एक किलोमिटरको दूरीमा रहेको गोरेटोबाटोको भीरबाट ज्ञानबहादुर लडेका थिए । मृतक ज्ञानबहादुरको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली लगिएको र आवश्यक अनुसन्धान जारी रहेको खड्काले बताएका छन ।

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार ११:३१