२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

हिमालयन रि इन्स्योरेन्सकाे सेयर कहिलेदेखि कारोबारमा आउँछ ? यस्तो छ तयारी

२० पुस, काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ लगानीकर्ताको डिम्याट खातामा आएको छ । कम्पनीको सेयर गत पुस १८ गते मंगलबार सेयरधनीकहरूकाे डिम्याट खातामा आएको हो । सेयरधनीकाे खातामा सेयर आइसकेपनि याे साता दोस्रो बजारमा कारोबार हुन सकेन ।

कम्पनीको सेयर आउँदो साताको आइतबार वा सोमबारसम्म नेप्सेमा सूचीकृत भइ कारोबारमा आउने भएको छ । नेप्सेमा सूचीकृतको काम अगाडि बढिरहेको हुँदा अर्को साता कारोबार हुने कम्पनीले जनाएको छ । अहिले कम्पनीले सेयर सूचीकृत सम्बन्धी बाँकी कामहरू गरिरहेको छ । कम्पनीकाे सेयर खातामा आएसँगै अब नेप्सेमा सुचिकृत भएपछि सेयर कारोबार गर्न सकिने छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिसेयर नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने छ । आर्थिक वर्ष २०७८/७९ को वास्तविक विवरण अनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ७ पैसा रहेको छ । त्यसैलाई आधार मानेर यसको ओपनिङ तोकिनेछ । कम्पनीकाे सेयर १०३ रुपैयाँ ७ पैसा देखि ३१० रुपैयाँ १० पैसासम्ममा पहिलो कारोबार हुने देखिन्छ ।  कम्पनीको एचआरएल (HRL) सिम्बलबाट कारोबार हुने छ ।

प्रकाशित मिति : 13:52