नेको इन्सुरेन्सको साधारण सभा मिति तय, सेयरधनीको हात खाली
२० पुस, काठमाडाैं । नेको इन्सुरेन्स लिमिटेडका सेयरधनीको हात खाली हुने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० काे मुनाफाबाट सेयरधनीका लागि लाभांस वितरण नगर्ने भएको हो ।
कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले २८ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गर्दै लाभांस वितरण नगर्ने निर्णय गरेको छ।
कम्पनीको साधारण सभा माघ १२ गते काठमाडाैं नक्सालमा रहेको लिसारा रिसेप्सनमा बिहान ११ बजे आयोजना हुनेछ । सभामा आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षणको प्रतिवेदनसहित सम्पूर्ण वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ । वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले माघ २ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसकाे अर्थ माघ १ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीले कम्पनीकाे साधारणसभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार १०:१९












