२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

पोर्चुगल पठाइदिने नाममा ठग्ने नुवाकोटकी रचना थापा मनमैँजुबाट पक्राउ

१९ पुस, काठमाडाैं । वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट पंचकन्या गा.पा. वडा नं. २ घर भई हाल काठमाडाैंकाे टोखा नगरपालिका ११ मनमैजु बस्ने रचना थापा रहेकी छिन् । २२ वर्षीय रचना चक्रबहादुर थापाकी छोरी हुन ।

रामचन्द्र कार्कीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति बाह्र लाख रुपैयाँ लाग्छ, पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक एक लाख तीस हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई ठगी गरेकी थिइन ।

पीडितबाट उनले पटक–पटक गरी नौं लाख नब्बे हजार रुपैयाँ लिएर सम्पर्क विहीन बनेकी थिइन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रचनालाई बुधबार मनमैजुबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग तहाचल पठाएको छ ।

प्रकाशित मिति : January 4, 2024 at 5:03 pm