८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

नेप्सेमा एक कम्पनीको सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

१९ पुस, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार एक कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा मन्दाकिनी हाइड्रोपावरको ४.७५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४०९ रुपैयाँ ३६ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार ४२८ रुपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा अब आइतबार सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १९ पुष २०८०, बिहीबार १६:१३