नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठक सुरु
१९ पुस, काठमाडौँ । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ । बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा एस जयशङ्करले आ-आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्।
बैठकमा द्विपक्षीय सहकार्य र आपसी हितका विविध विषयमा समीक्षा र छलफल हुने जनाइएको छ । भारतीय विदेशमन्त्री डा जयशङ्कर दुई दिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका हुन् ।
प्रकाशित मिति : १९ पुष २०८०, बिहीबार १४:०५