२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगे भारतीय विदेशमन्त्री जयशंकर

१९ पुस, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न भारतका विदेशमन्त्री एस जयशंकर सिंहदरबार पुगेका छन्। जयशंकर बिहीबार नेपाल आएका हुन्। उनले महत्त्वपूर्ण राजनीतिक भेटघाटहरू आजै सक्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

विदेशमन्त्री जयशंकरले बिहीबार बिहान शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका थिए। भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिएका छन्।

आजै दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी भएपछि मन्त्री जयशंकरले दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन्।

प्रकाशित मिति : १९ पुष २०८०, बिहीबार १२:४४