२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

काठमाडौँ उपत्यकासहित आसपासको जिल्लामा भूकम्पको धक्का

१९ पुस, काठमाडौँ । काठमाडौँ उपत्यकासहित आसपासको जिल्लामा भूकम्पको धक्का महशुष भएको छ । अहिले बिहान १० बजेर १७ मिनेटमा भूकम्पको धक्का महशुष गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.६ म्याग्निच्यूडको भूकम्प सिन्धुपाल्चोकको तिनकुण्ड केन्द्रबिन्दु भएर गएको हो । पछिल्लो समय पुस १५ गते पनि ५ म्याग्निच्यूडको भूकम्प सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गएको थियो ।

प्रकाशित मिति : १९ पुष २०८०, बिहीबार १०:३९