छुट्ला है ! तीन कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन
१९ पुस, काठमाडौं । विभिन्न तीन कम्पनीको लाभांश र सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, बोटलर्स नेपाल (तराई) र मन्दाकिनी हाइड्रोपावरले भोली पुस २० गते बुकक्लोज गर्ने भएका छन् । यसकाे अर्थ आजसम्म कायम सेयरधनीहरुले यी कम्पनीको साधारण सभामा सहभागिता हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। सोही प्रस्ताव पारित गर्न फाइनान्सले पुस २९ गते, आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान १० बजे २९ औँ वार्षिक साधारण सभा बोलाएको छ।
त्यस्तै, मन्दाकिनी हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश गरी ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले पुस २९ गते, फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
साथै, बोटलर्स नेपाल (तराई) ले सेयरधनीलाई प्रतिसेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले पुस २७ गते दिउँसो १२ बजे सोल्टी होटल, ताहाचल, काठमाडौँमा साधारण सभा बोलाएको छ।
प्रकाशित मिति : १९ पुष २०८०, बिहीबार ०९:३१












