८ पुष २०८२, मंगलवार | Wed Dec 24 2025

नेप्सेमा तीन कम्पनीको सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

१८ पुस, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार तीन कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा लक्ष्मी सनराइज बैंक, मुक्तिनाथ विकास बैंक र शिवम् सिमेन्टको मूल्य समायोजन भएकाे हाे ।

नेप्सेमा लक्ष्मी सनराइज बैंकको ७ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १८१ रुपैयाँ ५९ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार १९४ रुपैयाँ ३० पैसाका आधारमा मूल्य समायोजन गरेको हाे ।

त्यस्तै, मुक्तिनाथ विकास बैंकको ९.७५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३७१ रूपैयाँ ७५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४०८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

साथै, नेप्सेमा शिवम् सिमेन्टको १४.२५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५१७ रुपैयाँ २९ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार ५९१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा अब भोली बिहीबार सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार १६:१४