शैलेश्वरी पावर कम्पनीले आईपीओ निष्कासन गर्ने
१८ पुस, काठमाडौं । शैलेश्वरी पावर नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित पुस २४ गते बार्षिक साधारण सभा बोलाएको छ।
सभामा कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरू गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव राखेको छ । सभाले पारित गरेपछि कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।
यस्तै सभामा प्रबन्धपत्र, नियमावली संशोधन, संञ्चालक समितिको बार्षिक प्रतिवेदन, गत आवको लेखापरीक्षणको प्रतिवेदनमा छलफल हुनेछ । यस्तै सभामा चालु आवका लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमीक तोक्ने प्रस्ताव छ ।
प्रकाशित मिति : 13:14









