स्मार्ट डोर्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
१८ पुस, काठमाडाैँ। स्मार्ट डोर्स लिमिटेडले साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
पुस १७ गते आयोजित एक कार्यक्रममा स्मार्ट डोर्सको तर्फबाट अध्यक्ष मिता मुरारका अग्रवाल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले आईपीओ निश्कासनको प्रक्रिया सुरु गर्ने र त्यसमा बिक्री प्रबन्धकको रुपमा क्यापिटललाई नियुक्ति दिने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले रु.२ करोड ८० लाख सेयर पूँजी बराबरको रु.१०० अंकित दरको २,८०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।
प्रकाशित मिति : 10:27









