२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

पुल शिलान्यासका लागि गएका सांसदको स्वागतमा खेतमै सोफा

१७ पुस, नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकामा पुल शिलान्यासका लागि आएका सांसदको स्वागतका लागि खेतको गरामै सोफा राखिएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय नुवाकोटले गरेको पुल शिलान्यास कार्यक्रममा प्रमुख अतिथि र अतिथिका लागि खेतमै सोफा बिच्छ्याएको हो । मंगलबार नुवाकोटको शिवपुरी ३ को कात्तिकेमा रहेको शिलालय खोलामा पुल हाल्ने कामको शिलान्यास भएको छ ।

उक्त पुलको शिलान्यास सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य समेत रहेका नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङले गरेका छन । सो कार्यक्रमा उनीसहित सोही प्रदेशकी प्रदेशसभा सदस्य राधिका तामाङ लगायतले सम्बोधन गरेका थिए । चालू आर्थिक वर्षको कार्यक्रममा प्रदेश सरकारले कात्तिके खोला पुलमा ३ करोड १९ लाख र शिवालय खोला पुलमा ५ करोड ३९ लाख बजेट विनियोजन गरेको सांसद तामाङले फेसबुक मार्फत जानकारी दिएका छन ।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार २१:१९