नेप्सेमा तीन कम्पनीको मूल्य समायोजन, बुधबार कतिमा खुल्ला कारोबार ?
१७ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार तीन कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा मंगलबार कालिका पावर, यूनिभर्सल पावर र जीवन विकास लघुवित्तको मूल्य समायोजन भएकाे हाे ।
कालिका पावर कम्पनीको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३३४ रुपैयाँ ५५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार ३६८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।
त्यस्तै, यूनिभर्सल पावर कम्पनीको ८.५५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २०१ रूपैयाँ ७५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २१९रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।
साथै, जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार ३२२ रुपैयाँ २ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार १ हजार ५०७ रुपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली बुधबार सेयर बजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार १६:४५












