९ पुष २०८२, बुधबार | Thu Dec 25 2025

३०.०५ अकंले घट्यो सेयर बजार, ३ अर्ब ९९ करोडको कारोबार

१७ पुस, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०५ अकंले घटेर २०३०.१० बिन्दुमा बन्द भएको छ । आज १ करोड १० लाख ६९ हजार ९६८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ७३ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार १३ वटै उपसूचक राताम्य भएका छन् । यस दिन चिरख्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, लक्ष्मी लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार १५:१५