२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

सेनाको हेलिकप्टरबाट सुर्खेत लगियो बालकुमारी घटनामा मृत्यु भएका सुजन र वीरेन्द्रको शव

१७ पुस, काठमाडौं । बालकुमारी घटनामा मारिएका युवकहरूकाे शव नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगियो छ । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको हेलिकप्टरमार्फत उनीहरूकाे शव लगिएकाे हाे ।

दैलेखका सुजन रावतको शव सेनाको हेलिकप्टरमार्फत उनको घर पुर्याइएको छ । भने अछामका वीरेन्द्र शाहको शव पनि मंगलबार नै परिवारलाई जिम्मा लगाउने तयारी भएकाे छ ।

गत शुक्रबार बालकुमारीमा झडप हुँदा रावत र वीरेन्द्रको मृत्यु भएको थियो। सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा र वीरेन्द्रको पाटन अस्पतालमा मृत्यु भएको थियो।

प्रकाशित मिति : १७ पुष २०८०, मंगलवार १४:३३