नेप्सेमा तीन कम्पनीको बोनस सेयरमा मूल्य समायोजन
१६ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार तीन कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक र छिमेक लघुवित्तको मूल्य समायोजन भएकाे
लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३८६ रुपैयाँ ५४ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार ४०२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।
गरिमा विकास बैंकको ९.५० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३७४ रूपैयाँ ४३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ४१० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।
साथै, छिमेक लघुवित्तको ५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ८६५ रुपैयाँ ७१ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार ९०९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली सेयर बजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : १६ पुष २०८०, सोमबार १७:१०












