२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

बालकुमारी घटनामा श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन

१६ पुस, काठमाडौँ ।। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको सोमबारको बैठकमा श्रम मन्त्रालय र भौतिक पूर्वाधारमन्त्रीको समेत असावधानीका कारण घटना भएको भन्दै सांसदहरुले प्रश्न उठाएपछि समितिले छानबिन गर्ने निर्देशन दिएको हो । पानीजहाज निर्माणको कामका लागि दिएको भाषा परीक्षामा फेल भएकाहरुले उत्पादनमूलक कामका लागि लिइने भाषा परीक्षामा पनि सहभागी हुन पाउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका थिए । त्यही क्रममा शुक्रबार झडप भएको थियो ।

प्रकाशित मिति : 14:09