२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचि आयो, ग्यासकाे मूल्य घट्याे

१६ पुस, काठमाडौं । भारतबाट पेट्रोल र डिजलको नयाँ मूल्यसूचि आएको छ । इण्डियन आयल कर्पोरेशनबाट आइतबार (डिसेम्बर ३१ मा) प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४१ पैसाले वृद्धि भइ आएको जनाएको छ ।

यस्तै, डिजेलको भने प्रतिलिटर १२ पैसा र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २० पैसाले घटेर आएको निगमले जानकारी दिएको छ ।

नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम संचालक समितिले पेट्रोल, डिजेल/मट्टीतेल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री यथावत राख्ने निर्णय गरेको हो । निगमलाई एलपी ग्यासमा प्रतिसिलिण्डर ३०० रुपैयाँ ४१ पैसाले नोक्सानी रहेकोले हाललाई पेट्रोलियम र खाना पकाउने एलपीको ग्यासको भाउ यथावत राखिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : १६ पुष २०८०, सोमबार १२:०३