१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

माइतीघरबाट सिके राउतसहित कार्यकर्ता पक्राउ

१६ पुस, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत पक्राउ परेका छन्। काठमाडौंको माइतीघर मण्डलबाट राउतसँगै कार्यकर्तालाई प्रहरीले सोमबार पक्राउ गरेकाे हो।

ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पक्राउ गरेको हाे । अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ ।

तस्बिरः सिके राउतको फेसबुकबाट

माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । अध्यक्ष राउत लगायतले निषेधित क्षेत्रमा कार्यक्रम गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : January 1, 2024 at 11:27 am