१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

छुट्ला है ! ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१६ पुस, काठमाडाैं। विभिन्न ६ कम्पनीको लाभांस सुरक्षित गर्ने आज(पुस १६ गते) अन्तिम दिन रहेको छ । छिमेक लघुवित्त, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, विन्ध्यवासिनी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

यी ६ वटै कम्पनीले भोलि (पुस १७ गते मंगलबार) बुक क्लोज गर्ने भएका छन् । यसकाे अर्थ आजसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न र सभामा सहभागि हुन सक्नेछन् ।

छिमेक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । उक्त लाभांश आगामी पुस २९ गते आयोजना हुने संस्थाको वार्षिक साधारण सभाबाट पारित गरिनेछ ।

गरिमा विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांस घोषणा गरेको छ । लाभांस प्रस्ताव पारित गर्न बैंकले पुस २९ गते वार्षिक साधारण सभा गर्दैछ ।

त्यस्तै, लुम्बिनी विकास बैंकले गत आर्थिकको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ४.५० प्रतिशत नगद लाभांश गरी कुल ८.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त लाभांश पुस २६ गतेको वार्षिक साधारण सभाबाट पारित गरिनेछ ।

विन्ध्यवासिनी हाइड्रोपावरले गत आर्थिक वर्षका लागि ५.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस २६ गते साधारण सभा आह्वान गरेको छ ।

यसैगरी सुपर मादी हाइड्रोपावरले गत आ.वका लागि २ प्रतिशत नगद लाभांश (कर बाहेक) र रुरु जलविद्युतले १०.५२६ प्रतिशत नगद लाभांसको घोषणा गरेका छन् । यी दुई कम्पनी अगामी पुस २८ गते र पुस २५ गते वार्षिक साधारण सभा बाेलाएकाे छ ।

प्रकाशित मिति : १६ पुष २०८०, सोमबार ०९:२१