२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

डेडिकेटेड र ट्रंकलाइन विवादमा उद्योगीहरुले भनेः प्रमाण देखाउनुस्, महशुल तिर्न तयार छौं

१५ पुस, काठमाडाैं ।  डेडिकेटेड र ट्रंकलाइन विवादमा सम्बन्धमा उद्योगीहरुले प्रमाण देखाए महशुल तिर्न तयार भएको बताएका छन् । आइतबार उद्योगीहरुले पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

बिहीबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि पत्रकार सम्मेलन मार्फत नै उद्योगीहरुले डेडिकेटेड फिडर एबम् ट्रंक लाइनको महशुल तिर्न आव्हान गरेका थिए । कुलमानले गरेको पत्रकार सम्मेलन लगतै उद्योगीहरुले पनि पत्रकार सम्मेलन गरेर प्रमाण देखाए महशुल तिर्न तयार भएको बताएका हुन् ।

नेपाल विद्युत् प्राधिकरणले ९ वटा उद्योगको लाइन काटिसकेको छ भने अरु उद्योगको पनि महशुल नतिरेको भन्दै लाइन काट्न सुरु गरिसकेको छ ।

उद्योगीहरुले प्रमाण नभइ लाइन काटिनु दुखद रहेको बताएका छन् । उनीहरुले आफूहरुले तिर्नुपर्ने शुल्कबारे प्रमाण पुर्याए आफूहरु तिर्न तयार रहेको समेत बताएका छन् । तर प्राधिकरणले मनोमानी ढंगले काम गरेको उनीहरुको आरोप छ ।

नेपाल उद्योग वाणिज्य महासंका पूर्वअध्यक्ष पशुपति मुरारकाले नेपाल विद्युत् प्राधिकरणको अधिकार महसुल तोक्ने नभई उठाउने भएको बताएका छन् । उनले भनेका छन्, ‘प्रमाण देखाउनुस् हामी पैसा तिर्न तयार छौं । तिर्नुपर्ने बिल नतिरेर हामीले कानुनको पालना नगरेको भए त्यसको भागीदार हामी हुन्छौं ।’

 नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले डेडिकेटेड र ट्रंक लाइनको महसुल बक्यौताको प्रमाण देऊ पैसा तिर्छौं भनिरहँदा पनि लाइन काटिएको बताएका छन् । उनले उद्योग गर्नु अपराध हो ? भन्दै प्रश्न समेत गरेका छन् ।

प्रकाशित मिति : १५ पुष २०८०, आईतवार १५:०२