२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

बर्दियाबाट वनभोज जाँदै गरेको बस दाङमा दुर्घटना

१५ पुस, काठमाडाैं । दाङमा यात्रु बोकेको बस दुर्घटना भएको छ। आज बिहान बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि जाँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै दुर्घटना भएकाे हाे ।

दुर्घटना परी घाइते भएका २५ जनालाई उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र ४/५ जनालाई कोहलपुर पठाइएको  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए । घाइतेमध्ये तीन जनाकाे अवस्था गम्भीर  रहेकाे उनले बताए । बसमा करिब ४० जना सवार रहेका थिए ।

प्रकाशित मिति : १५ पुष २०८०, आईतवार ११:५१