२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

गोरखापत्रको व्यवस्थापन सल्लाहकारमा नुवाकोटका रामकृष्ण अधिकारी नियुक्त

१३ पुस, काठमाडाैँ । सरकारले गोरखापत्र संस्थानको व्यवस्थापन सल्लाहकारमा रामकृष्ण अधिकारी र कानुनी सल्लाहकारमा सुशीला चौधरीलाई नियुक्त गरेको छ । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुस ५ गतेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई व्यवस्थापन, आर्थिक एवम् प्रिन्टिङ र चौधरीलाई कानुनी सल्लाहकार नियुक्त गरेको जानकारी दिइन ।

नुवाकोट सूर्यगढी गाउँपालिका वडा नम्बर २ घर भएका अधिकारी दुइ दशकदेखि पत्रकारितामा क्रियाशिल रहेका छन । अधिकारीसँग राजधानी, नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट जस्ता दैनिक पत्रिकामा काम गरेको अनुभव रहेको छ । पत्रकारिता विषयमा स्नातकोत्तर अधिकारी नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य हुन ।

त्यस्तै दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ की चौधरी लामो समयदेखि कानुन व्यवसायमा सक्रिय छिन । राजनीतिशास्त्रमा स्नातकोत्तर चौधरीले कानुन विषयमा एलएलबी गरेकी छिन ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार १८:५१