२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

बालकुमारी घटनाः थप एक जनाको अवस्था चिन्ताजनक, आईसीयूमा उपचार हुँदै

१३ पुस, काठमाडौं। ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा घाइते भएका अर्का एक युवकको अवस्था चिन्तजनक रहेको छ । रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै आन्दोलित बनेका युवाहरुमाथि प्रहरीले चलाएको गोली लागेर घाइते भएका अर्का युवकको अवस्था चिन्ताजनक छ ।

उनकाे पाटन अस्पतालमा आईसीयूमा उपचार भइरहेकाे छ । यसअघि प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार १५:००