२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

गभर्नर अधिकारीविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

१३ पुस, काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ । सर्वाेच्च अदालतको आज (शुक्रबार)को इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाउने भएको हो ।

न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । साथै आन्तरिम आदेश दिने नदिनेबारे छलफल गर्न दुबै पक्षलाई झिकाउने आदेश भएको छ । अधिवक्ता दिपकराज जोशी, दामोदर तिम्सिनासहित ४ जनाले बिहीबार सर्वोच्चमा रिट दर्ता गरेका थिए।

सरकारले केन्द्रीय बैंकका पूर्वगभर्नर अधिकारीलाई २०७६ साल २४ चैतमा गभर्नरमा नियुक्त गरेको थियो । नेपाल राष्ट्र बैंक ऐनको दफा २० मा भएको गभर्नरको योग्यतासम्बन्धी व्यवस्थामा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित वा कानुनमा स्नातकोत्तर भई त्यही क्षेत्रमा अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख छ ।

प्रकाशित मिति : December 29, 2023 at 2:02 pm