१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न लेखा समितिको निर्देशन

१२ पुस, काठमाडाैं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिले सम्पत्ति शुद्धीकरण विभागमा पत्राचार गर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको लेखा समितिको बैठकले धितोपत्र बोर्डका अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरणका लागि पत्राचार गर्ने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले प्रिमियम मूल्यमा निष्कासन भएका आईपीओको औचित्य र मूल्यांकनको पनि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

हमाललाई लेखा समितिले प्रिमियमा जारी भएका आईपीओका विषयमा छलफल गर्न बिहीबार हमाललाई बोलाएको थियो । तर हमाल उक्त छलफलमा अनुपस्थिति भएका थिए ।

प्रकाशित मिति : December 28, 2023 at 4:58 pm