नेप्सेमा छ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन
१२ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा छ कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा बिहीबार राधी विद्युत कम्पनी, आत्मनिर्भर लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स लघुवित्त, घोराही सिमेन्ट इन्डस्ट्री, साना किसान लघुवित्त र हिमालयन डिस्टीलरीको मूल्य समायोजन भएकाे हाे ।
१) आत्मनिर्भर लघुवित्त
नेप्सेमा आत्मनिर्भर लघुवित्तको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार ६५९ रूपैयाँ ९ पैसा हुने गरी मूल्य समायोजन भएकाे हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार ८२५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।
२) राधी विद्युत कम्पनी
नेप्सेमा राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता २२८ रुपैयाँ ६४ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार २३९ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको छ ।
३) घोराही सिमेन्ट इन्डस्ट्री
घोराही सिमेन्ट इन्डस्ट्रीको १५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५०२ रुपैयाँ ६१ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार ५७८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।
४) सपोर्ट माइक्रोफाइनान्स लघुवित्त
सपोर्ट माइक्रोफाइनान्स लघुवित्तको १३ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ९५५ रुपैयाँ ७५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार१ हजार ८० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।
५) हिमालयन डिस्टीलरी
नेप्सेमा हिमालयन डिस्टीलरीको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार ७२५ रुपैयाँ ४५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार १ हजार ८९८ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
६) साना किसान लघुवित्त
साना किसान लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ८८८ रुपैयाँ ३२ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार १ हजार १४ रुपैंया ९० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै आइतबारदेखि सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार १६:४२












