९ पुष २०८२, बुधबार | Thu Dec 25 2025

ग्रीन भेन्चर्सले सेयरधनीका लागि लाभांस वितरण नगर्ने, बोलायो साधारण सभा

१२ पुस, काठमाडाैं। ग्रीन भेन्चर्स लिमिटेडले गत आर्थिक वर्षकाे नाफाबाट लाभांस वितरण नगर्ने भएको छ । कम्पनीको पुस १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीहरुलाई लाभांस वितरण नगर्ने निर्णय गरेको हो ।

उक्त सभाले आगामी माघ ५ गते पाचौँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । सभा काठमाडाैंकाे बानेश्वरमा रहेको बानेश्वर ब्याङक्वेटमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/ ८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ पुस १९ गतेसम्म नेप्सेका काराेबार भइ कायम रहेका सेयरधनीले सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार ०९:४३