२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

एउटै निर्णयमा १ करोड २५ लाख घुस खाएका उपसचिव उदयबहादुर पराजुली पक्राउ

११ पुस, काठमाडाैँ । एउटै निर्णयमा १ करोड २५ लाख घुस खाएका उपसचिव उदयबहादुर पराजुली पक्राउ परेका छन । प्रहरीले पर्वतबाट पराजुलीलाई पक्राउ गरेको हो । सहकारीको कार्यक्षेत्र विस्तारको नाममा पराजुलीले  १ करोड २५ लाख रूपैयाँ घुस खाएको अनुसन्धानका क्रममा खुलेको थियो । उनले सहरकारीको कार्यक्षेत्र विस्तारको निर्णय गर्न उक्त रकम घुस खाएका थिए ।

पराजुलीले सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका रजिष्टार हुँदा घुस खाएका थिए । कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र थप गर्न भन्दै उनले घुस खाएका थिए । हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका पराजुलीलाई प्रहरीले बुधबार नगरपालिकामा रहेको कार्यकक्षबाटै पक्राउ गरेको हो । केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएपछि उनी सम्पर्कविहीन बनेका थिए । उनी पक्राउ परेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले पुष्टि गरेका छन ।

प्रकाशित मिति : ११ पुष २०८०, बुधबार १६:४५