१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

ओली निकटलाई हराउँदै सुदूरपश्चिम सम्पर्क कमिटीको अध्यक्षमा रावल निकटका खत्री विजयी

११ पुस, काठमाडौँ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीमा अध्यक्ष केपी शर्मा ओली निकटका रोसन देव पन्तलाई पराजित गर्दै पूर्व उपाध्यक्ष डा भीमबहादुर रावल निकटका सुरत खत्री विजयी भएका छन । पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको दोस्रो सम्मेलनबाट अध्यक्षमा रावल निकट सुरत खत्री विजयी भएका हुन ।

सोमबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा अध्यक्षका लागि मतदान भएको थियो । अध्यक्षमा विजयी खत्रीले ६७ मत प्राप्त गरेका छन भने पराजित भएका पन्तले ६२ मत प्राप्त गरेका छन । बाँकी सबै पदमा निर्विरोध भएको छ ।

कमिटीको उपाध्यक्षमा वीरसिंह धामी, सचिवमा इन्जिनियर खगेन्द्र कुमार साउद, उपसचिवमा पार्वती कडायत र नरेश धमेना सर्वसम्मत निर्वाचित भएका छन । त्यस्तै सदस्यहरूमा रुपेश साउद, सत्यकुमारी कुँवर, दीपेन्द्र सिंह ऐरी, किरण सिंह विष्ट, उर्मिला साउद, सिङ्गलाल बोहरा, दिनेश बहादुर धामी, नवराज श्रेष्ठ, पालुराम चौधरी, नविनराज गिरी, कर्णसिंह विष्ट, पवित्रा साउद, गीता महर, कुन्तिदेवी धामी र रमा कुँवर चयन भएका छन् ।

प्रकाशित मिति : December 27, 2023 at 4:02 pm