सेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब २४ करोडको कारोबार
११ पुस, काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.२३ अकंले घटेर २०७०.८४ बिन्दुमा बन्द भएको हो । बुधबार ३०७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार रुपौयाँको कारोबार भएको हो ।
आज ११ उपसूचक राताम्य भएका हुन् । यस दिन नेपाल इन्स्योरेन्स, इन्फिनिटी लघुवित्त, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी, चिरख्वा हाइड्रोपावर, नेपाल वेयरहाउजिङ कम्पनी, भिजन लुम्बिनी उर्जा कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, माइखोला हाइड्रोपावरसहित नौ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ । आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १९ करोड ६६ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रकाशित मिति : December 27, 2023 at 3:18 pm









