२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

उद्योगी शेखर गोल्छालाई मातृशोक

११ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छालाई मातृशोक परेको छ । उनको आमा पुखराज देबी गोल्छाको नर्भिक अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो ।

स्वर्गीय गोल्छाको अपरान्ह २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवार स्रोतले बताएको छ ।

प्रकाशित मिति : ११ पुष २०८०, बुधबार १२:४२