२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न सरकारलाई समाजवादी मोर्चाको सुझाव

११ पुस, काठमाडाैं । अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न सरकारलाई समाजवादी मोर्चाले सुझाव दिएको छ। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले संविधान जारी भएको आठ वर्षसम्म पनि संघीयता कार्यान्वयन नभएकाे भन्दै अध्यादेश ल्याएर भए पनि अधिकार दिन सुझाव दिएको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बताए।

बैठकमा सरकारले भ्रष्टाचारविरुद्ध उदाहरणीय काम गरेको भन्दै प्रशंसा भएको थियो । समाजवादी मोर्चाले अहिलेसम्म ४७ जिल्लामा कमिटी बनाएको छ। बाँकी जिल्लामा संरचना बनाउनेबारे पनि आजको बैठकमा छलफल भएको उनले बताए। मोर्चाको बैठक आज साँझ फेरि बस्ने भएको छ ।

प्रकाशित मिति : December 27, 2023 at 12:26 pm